संविधानसभा सदस्य तथा काँग्रेस नेता यादवको निधन
१८ असार २०८२, बुधबार ११:३७

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उनको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा बुधबार बिहान मृत्यु भएको उाका छोरा डा. जितेन्द्र यादवले जानकारी दिएका छन् ।
बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।













