राष्ट्रिय बीमा कम्पनीद्वारा ५ प्रदेशमा प्रदेश सरकार र सरकारी निकायसँग बीमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले पाँच वटा प्रदेशमा निर्जीवन बीमा सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय बृद्धि र जनचेतना फैलाउने तथा चालु आवको वार्षिक कार्यक्रम बमोजिम विभिन्न प्रदेशमा कार्यक्रम सम्पन्न गरेको हो ।
सोही क्रममा कम्पनीको आयोजना तथा सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको अगुवाइमा मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यतामा मंगलबार अर्थात असार १७ गते सुदुरपश्चिम प्रदेशमा सो कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको छ ।
राष्ट्रिय बीमा कम्पनीले आव २०८१–०८२ को कार्यक्रम बमोजिम पाँच वटा प्रदेशमा प्रदेश सरकार र प्रादेशिक सरकारी निकायसँग निर्जिवन बीमा सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

कार्यक्रमको प्रमुख उद्देश्य नीति निर्माण तहमा सघन बीमा पैरवी र बीमा मार्फत जोखिम हस्तान्तरणमा प्रदेश र मातहतको निकायको प्रतिवद्दता सुनिश्चित गर्ने रहेको कम्पनीले जनाएको छ ।
सबै प्रदेशका मुख्यमन्त्री, विभागिय मन्त्री, राज्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रदेश सचिव, विभिन्न प्रादेशिक सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख सहभागितामा सुदूरपश्चिम प्रदेशसहित पाँच प्रदेशमा कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय बीमा कम्पनीले सात प्रदेशमध्ये कोशि र मधेस प्रदेश बाहेक सबै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरिसकेको छ ।

कम्पनीको आन्तरिक तथा प्रदेश सरकार र सरकारी निकायहरुसंगको समन्वय बजार व्यवस्थापन विभाग प्रमुख हिरा कुमारी बर्तौलाको अगुवाइमा सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्याय, प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाको विशेष पहलमा सम्पन्न गरिएको थियो ।














