आन्दोलनकै बीच सुनको मूल्य निरन्तर बढ्दै, बुधबार प्रतितोला कति ?

१८ असार २०८२, बुधबार १३:०६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरिनुपर्छ, सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर कायम गर्नुपर्छ र सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति र कार्यविधि तय गरिनु पर्ने ब्यवसायीहरु आन्दोेलनमा रहेका छन् । जसका कारण सुन पसल समेत थप्प छन् ।

सुनचाँदीमा करको विरोध चर्किंदैः व्यवसायीको अनिश्चितकालीन आन्दोलनले न्यूरोड ठप्प, सरकार मौन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*