सातै प्रदेशका प्रमुखसँग राष्ट्रपति पौडेलको भेटवार्ता
१८ असार २०८२, बुधबार १३:०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सात वटै प्रदेशका प्रदेश प्रमुखहरूसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरूसँग राष्ट्रपति पौडेलले भेटवार्ता गरेका हुन्।
उक्त भेटवार्तामा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग, मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिमका प्रदेशका प्रमुख नजिर मियाँको उपस्थिति रहेको थियो।
भेटवार्ताका क्रममा सातै प्रदेशका प्रमुखहरूले आ–आफ्नो प्रदेशको अवस्था र समसामायिक घटनाबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।











