‘कुलिङ पिरियड’मा भएको गडबढीले माओवादी र एमालेद्वारा सभापतिको राजिनामा माग

१८ असार २०८२, बुधबार १३:३०

काठमाडौं । निजामती सेवा विधेयकमाथि भएको गढबढीबारे प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विवाद चुलिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) दुबैले विधेयकमा भएको ‘कुलिङ पिरियड’सम्बन्धी छेडखानीप्रति कडा आपत्ति जनाउँदै उच्चस्तरीय छानबिनको माग गरेका छन् ।

समितिको आज बसेको आकस्मिक बैठकमा एमाले नेता तथा पूर्व कानुनमन्त्री पदम गिरीले समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरामाथि विधेयकको प्रतिवेदनमा हेरफेर गरेर संसद्‍मा पेस गराएको आरोप लगाउँदै दुवै जनाको राजीनामाको माग गरेका छन् ।

त्यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय प्रक्रियालाई बदनाम गर्ने गरी गम्भीर षड्यन्त्र गरिएको दाबी गर्दै सभापति, सचिवसहित सबैमाथि छानबिन र कारबाहीको माग गरेका छन्।

सोही प्रकरणमा समितिका सभापति रामहरी खतिवडाप्रति नेपाली काँग्रेस पनि रुष्ट बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*