विकास बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, कुनको कति रुपैयाँले बढ्यो शेयरमूल्य ?
१८ असार २०८२, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.६० अंकले बढेर २६९५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनी लगानीकर्ताहरुले आज मुनाफा सुरक्षित गर्न सफल भएका छन् ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको ९.८२ प्रतिशत, गुराँस लघुवित्तको ९.१५ प्रतिशत, सिन्धु विकास बैंकको ८.९२ प्रतिशत, कपार्गेरेट डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













