स्वस्तिक लघुवित्तको आईपीओ बिक्रीमा, कहिलेदेखि दिने आवेदन?

१९ असार २०८२, बिहीबार ०७:५५

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्रीमा राखेको छ।

कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये १ हजार १५५ कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई, २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र अन्त्यमा १ लाख ९५ हजार १९५ कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरिनेछ।

अहिले कम्पनीले प्रथम चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको हो।

यसमा यही असार २७ गतेदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति साउन ९ गते हुनेछ। आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिनेछ।

यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड भएपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गरिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*