पाँच ठूला आयोजना बुट मोडेलमा, विद्युत् विकास विभागले गर्‍यो आशय पत्र आह्वान

१९ असार २०८२, बिहीबार ११:४६

काठमाडौं । विद्युत् विकास विभागले निजी क्षेत्रको सहभागितामा निर्माण गरिने पाँच जलविद्युत् आयोजनाका लागि आशय पत्रआह्वान गरेको छ । विभागले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै २४८ मेगावाट क्षमताका आयोजना निर्माण गर्न इच्छुक कम्पनी तथा संयुक्त लगानी समूहहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

विभागले पुनः प्रकाशित सूचना जारी गर्दै आयोजनाहरू ‘बुट’ मोडेलमा निर्माण गरिने स्पष्ट पारेको छ । यसअनुसार इच्छुक र योग्य नेपाली जलविद्युत् कम्पनीहरू वा तिनका संयुक्त लगानी समूहहरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र प्रस्ताव पेश गर्न सक्नेछन् ।

सूचनाअनुसार आशय पत्र माग गरिएका आयोजनाहरूमा म्याग्दी र पर्वत जिल्लामा पर्ने ५०.५ मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजना, हुम्ला जिल्लाको ६१.०२ मेगावाट क्षमताको हुम्ला कर्णाली जलविद्युत् आयोजना, सोलुखुम्बु जिल्लामा पर्ने २१.४ मेगावाट क्षमताको इन्खु खोला जलविद्युत् आयोजना, म्याग्दीमा रहेको ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर जलविद्युत् आयोजना र हुम्लाकै ४९.५ मेगावाट क्षमताको लोती कमली पीआरओआर आयोजना छन् ।

विभागका अनुसार प्रस्ताव पेश गर्न चाहने कम्पनीहरूले प्राविधिक दक्षता, वित्तीय अवस्था, पूर्व अनुभव लगायतका आधारहरूमा तोकिएको ढाँचामा प्रस्ताव बुझाउनु पर्नेछ । उपयुक्त देखिएको प्रस्तावकर्तालाई विस्तृत प्रस्ताव माग गर्ने कार्य अगाडि बढाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*