सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१९ असार २०८२, बिहीबार १२:०७

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकाके दिर्नेशन अनुसार हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

सो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाएर निवेदन दिनु पर्नेछ।

साथै तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*