फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल, कुनको कति पुग्यो शेयरमूल्य ?

१९ असार २०८२, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आजको कारोबारमा फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् ।

आज नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६३ रुपैयाँले बृद्धि भएको छ ।

त्यस्तै, खानीखोला हाइड्रोपावरको ७.१७ प्रतिशत, समृद्धि फाइनान्सको ७.०८ प्रतिशत, भुगोल इनर्जीको ६.७८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*