साउनमा सयपत्री हाईड्रोपावरको करिव २३ लाख कित्ता शेयरको लक इन अवधि समाप्त हुने

२० असार २०८२, शुक्रबार ११:१७

काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडको लक इ्रन अवधि साउन महिनामा सकिने भएको छ । कम्पनीको कुल २२ लाख ९३ हजार ३६१ कित्ता शेयरको लक इन अवधि साउन २३ गते समाप्त हुन लागेको हो ।

लक इन अवधि खुल्न लागेको कुल शेयरमा २१ लाख कित्ता संस्थापक शेयर, १ लाख ७८ हजार ९४० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको शेयर र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको शेयर रहेको छ ।

कम्पनीले जारी पूँजी ३० करोडमध्ये १० प्रतिशतले हुन आउने कूल ३ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्टाइएको मध्ये १ लाख ७८ हजार ९४० कित्ता बाँडफाँड गरि तथा २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको शेयर बाँडफाँड गरि सर्वसाधारणलाई विसं २०७९ साउन २४ गते बाँडफाँड गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*