निकासी संकेत नम्बरको तीन लाख बैंक जमानत फुकुवा, व्यवसायीलाई भन्सारको राहत निर्णय

काठमाडौँ । भन्सार विभागले निकासी पैठारी संकेत नम्बर प्राप्त गर्नका लागि वाणिज्य बैंकमार्फत राखिँदै आएको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्न निर्देशन दिएको छ।
भन्सार विभागको मिति २०८२ असार १९ गतेको निर्णयअनुसार अबदेखि सो व्यवस्था खारेज गरिएको हो। यसअन्तर्गत, ‘क’ वर्गका राष्ट्रिय स्तरका वाणिज्य बैंक तथा तिनका शाखा कार्यालयमा व्यवसायीहरूले राखेका बैंक जमानत फुकुवा गर्न सकिनेछ।
भन्सार नियमावली, २०६४ को सोह्रौँ संशोधनअनुसार नियम ६६घ को उपनियम (२) को खण्ड (ख) र नियम ६६६१ को उपनियम (३) बाट बैंक जमानत सम्बन्धी व्यवस्था हटाइएको छ। यससँगै अब व्यवसायीहरूले संकेत नम्बर लिने क्रममा अनिवार्य रूपमा तीन लाख रुपैयाँ बराबरको बैंक जमानत राख्नुपर्ने बाध्यता हटेको छ।
निकासी वा पैठारी सङ्केत नम्बर(EXIM Code) को बैक जमानत सम्बन्धमा_tbylejz












