सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या: सबै सेवा बन्द, विभागको क्षमायाचना

२० असार २०८२, शुक्रबार १४:०८

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवा हालका लागि बन्द गरिएका छन्। यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सबै सेवा तत्कालका लागि रोकिएको जानकारी दिएको हो।

विभागका अनुसार २०८२ असार २० गते शुक्रबारदेखि ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली, र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली लगायतका सबै सेवा बन्द छन्। विभागले समस्या समाधानको प्रयास जारी रहेको जनाउँदै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा बन्द रहने जनाएको छ।

सूचनामा भनिएको छ, ‘आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ।’

विभागले यो समस्याका कारण सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ। सवारी चालक अनुमतिपत्र लिन खोजिरहेका सेवाग्राहीका लागि यो अस्थायी अवरोधले थप प्रतीक्षा गर्नु पर्ने स्थिति उत्पन्न भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*