चिनबाट आएको जहाज काठमाडौंमा अवतरण हुन नसक्दा आकाशमै फन्का मार्दै
२० असार २०८२, शुक्रबार १५:४१

काठमाडौँ । चिनको सहर कुनमिङबाट काठमाडौँका लागि आएको जहाज अवतरण हुन सकेको छैन । चाइना इस्टर्न (युनान मयूर लिभरी) नामको जहाज आकाशमा फन्का लगाइरहेको हो । काठमाडौँको मौसम सफा नहुँदा अवतरणमा कठिनाइ भइरहेको छ।
अहिले उक्त जहाज काठमाडौँमा अवतरण हुन नसकेपछि ‘ढाका’ का लागि गएको छ ।














