जन्मदिनमा छोरोलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रूपमा दिने प्रचलन व्यापक मात्रामा बढ्दै गइरहेको छ। बदलिंदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरूमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको हो।
यसैको थप एक उदाहरणस्वरूप पूर्वखोला गाउँपालिका वडा नम्बर १ पाल्पा निवासी भक्त बहादुर नेपालीले आफ्नो छोरो बिमल नेपालीको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन्।
नेपालीले छोरो बिमल नेपालीको १८औं जन्मदिनको उपलक्ष्यमा २० लाख बीमांकको सिटिजन शुभारम्भ बिमा पोलिसी उपहार दिएका हुन्। उनले छोराका लागि सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट उक्त बीमा पोलिसी खरीद गरी उपहारमा दिएका हुन्।
नेपालीले जिन्सी सामान उपहार, पार्टी भोज, फजुल खर्चहरु विकृति र विसंगति मात्र भएको धारणा राखे। उनले वस्तु तथा समान दिंदा एकैछिन मात्रको खुसी हुने तर बीमा पोलेसी दिंदा बचतसंगै भविष्य निर्माण, जोखिम न्यूनिकरण हुने बताए। बीमाले आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने भएकोले छोरालाई बीमा पोलिसी उपहार दिएको उनले बताए।












