स्वावलम्बन लघुवित्तमा कम्पनी सचिव परिवर्तन, चन्द्र मणि चौलागाईंले सम्हाल्ने जिम्मेवारी
२२ असार २०८२, आईतवार १०:२६

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा परिवर्तन गरेको छ। संस्थाका नायब महाप्रबन्धक पदमा कार्यरत तथा कम्पनी सचिवको जिम्मेवारी सम्हालिरहेका गोविन्द चापागाईंको करार सेवा अवधि असार २१ गतेबाट समाप्त भएपछि नयाँ नियुक्ति गरिएको हो।
संस्थाको सञ्चालक समितिको बैठक असार २० गते बसेको थियो। बैठकले सहायक महाप्रबन्धक चन्द्र मणि चौलागाईंलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको संस्थाले जानकारी दिएको छ।
नयाँ कम्पनी सचिवको जिम्मेवारीमा आएका चौलागाईंसँग लघुवित्त क्षेत्रमा लामो अनुभव रहेको जनाइएको छ।













