निरन्तर बढ्दै बजारः फाइनान्सका लगानीकर्ताले कमाए सर्वाधिक, अबको यात्रा कस्तो ?

२२ असार २०८२, आईतवार १५:०८

काठमाडौँ । पछिल्ला दिनमा लगातार सुधारको लयमा अगाडि बढिरहेको नेपाली शेयर बजारमा लगानीकर्ताको भरोसा बलियो बन्दै गएको छ । छैटौं दिनसम्म नेप्से परिसूचकमा भएको निरन्तर वृद्धिले बजारमा सकारात्मक वातावरण तयार भइरहेको हो ।

शेयर कारोबारमा कारोबार रकमसमेत उल्लेख्य रूपमा बढेको देखिन्छ । बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ र ब्याजदर समेत अघिल्ला वर्षहरूकै तुलनामा निकै सस्तो अवस्थामा छ । यस्तो पृष्ठभूमिमा बजारले निरन्तर सुधार देखाउनुले थप लगानीकर्तालाई आकर्षित गरिरहेको छ । धेरैले मूल्य समायोजनपछि सस्तोमा उपलब्ध भएका सेयरमा प्रवेश गर्न थालेका छन्, जसले खरिद–बिक्रीको संख्यामा उल्लेख्य उछाल ल्याएको छ ।

अर्कोतर्फ, अब मौद्रिक नीतिको घोषणा नजिकिँदै गर्दा बजारमा थप ऊर्जा थपिने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा पूँजी बजारमैत्री प्रावधान ल्याउनेछ, जसले बजारमा लगानीको माहोललाई अझ विस्तार गर्न मद्दत पु¥याउनेछ । विशेषतः मार्जिन कर्जामा सहजता, शेयर धितो कर्जाको सीमा विस्तार तथा बीमा कम्पनी र संस्थागत लगानीकर्तालाई थप सक्रिय बनाउने नीतिगत व्यवस्था आउने हो भने बजारलाई नयाँ उचाइमा पु¥याउने सम्भावना प्रबल देखिन्छ ।

त्यसैगरी, असार मसान्तपछि वित्तीय विवरण सार्वजनिक गर्ने समय सुरु हुने भएकाले सूचीकृत कम्पनीहरूको आम्दानी, नाफा तथा सम्भावित लाभांश घोषणाप्रति पनि लगानीकर्ता आशावादी छन् । छोटो अवधिमा प्रतिफलको अपेक्षा, मौद्रिक नीतिको सकारात्मक संकेत र ब्याजदरको सस्तो अवस्था मिलेर सेयर बजारलाई आगामी साता र महिनाहरूमा थप उचाइमा पु¥याउने विश्वास गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७५ अकंले बढेर २७०७.७२ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको हो ।

यसदिन फाइनान्स कम्पनीको शेयर मूल्य सर्वाधिक बढेको छ । फाइनान्स समूहको शेयर २.१६ प्रतिशतले बढेको हो । साथै, अन्य समूह अन्तर्गतको ३.०९ प्रतिशतले शेयर मूल्य बढेको हो ।

यता, सर्वाधिक घट्नेमा आज विकास बैंक रहेको छ । बैंकको मूल्य १.४९ प्रतिशतले बढेको हो ।

८७ कम्पनीको शेयर मूल्य आज बढेको छ भने १६२ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*