नेपाल फाइनान्स र गार्डियन माइक्रो लाइफका लगानीकर्ता मालामाल
२२ असार २०८२, आईतवार १५:१२

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.७५ प्रतिशतले बढेर २७०७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका शेयरमूल्य ७.३६ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, राप्ती हाइड्रो एण्ड जनरलको ५.७० प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावरको ५.१८ प्रतिशत, जानकी फाइनान्सको ४.९१ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।














