विकाश हाइड्रोको आईपीओमा ८.७ गुणा बढीको आवेदन, कतिको हुन्छ हात खाली ?

२२ असार २०८२, आईतवार १७:२०

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा माग भन्दा ८.७ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज आइतबार साँझ ५ बजेसम्ममा २१ लाख २० हजार ८ सय ७५ जना आवेदकले २ करोड ५६ लाख २७ हजार १ सय १० कित्ताको लागि आवेदन दिएका हुन् । यद्यपि यो प्रारम्भिक तथ्यांक हो ।

कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा २ लाख ९४ हजार २ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाउने छन् । बाँकि आवेदक भने हात खाली हुने छन् ।

कम्पनीले यस अघि नै गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले वैशाख १६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गरेको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*