प्रभु बैंकको २१ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

२३ असार २०८२, सोमबार ०७:५७

काठमाडौं । प्रभु बैंक लिमिटेडले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले अबको १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*