अभियान लघुवित्तको लकइन अवधि साउनमा सकिने

२३ असार २०८२, सोमबार ०८:०९

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ लाख ३७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन २९ गते सकिने भएको छ।

हाल यस कम्पनीको संस्थापकतर्फको १५ लाख २५ हजार कित्ता शेयर र कर्मचारीतर्फको १२ हजार ५०० कित्ता शेयर लकइनमा रहेको छ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीतर्फको शेयर लकइनमा राख्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएसँगै उक्त शेयर लकइनमा रहेको थियो।

कम्पनीले वि.स २०७९ साउन ४ गतेदेखि २२ गतेसम्म (कर्मचारी समेत) सर्वसाधारणमा आईपीओ निष्कासन गरी साउन ३० गते बाँडफाँड गरेको थियो।

अतः सोही मितिले ३ वर्षसम्म शेयर लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम उक्त शेयरहरू हालसम्म लकइनमा रहेका छन् जसको अवधि साउन २९ गतेबाट समाप्त हुनेछ।

लकइन अवधि सकिएसँगै संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबार गर्न सकिनेछ। यसको प्रत्यक्ष प्रभाव कम्पनीको शेयरमूल्यमा पर्ने गर्छ।

यद्यपि कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन तहमा रहेका कर्मचारीले भने अवकाश प्राप्त गरेको मितिले १ वर्ष नपुगेसम्म शेयर कारोबार गर्न नपाउने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*