कोशी प्रदेशमा बीमा विस्तारबारे सरकार र प्राधिकरणबीच छलफल

२३ असार २०८२, सोमबार ०८:२४

काठमाडौं । असार २२ गते नेपाल बीमा प्राधिकरणले कोशी प्रदेश सरकारसँग संयुक्त रूपमा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विराटनगरमा आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले गरेका थिए। प्रमुख अतिथिको रूपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी भएका थिए। कार्यक्रममा प्रदेश सरकारका अन्य पदाधिकारीहरू, बीमा कम्पनीका प्रतिनिधिहरू, बीमा अभिकर्ता तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा कोशी प्रदेशमा बीमा सेवा विस्तार गर्न प्रदेश सरकार र बीमा प्राधिकरणबीच समन्वय गर्ने विषयमा विस्तृत छलफल भएको थियो। बीमा क्षेत्रको पहुँच दुर्गम क्षेत्रसम्म र्पुयाउने, जनचेतना अभिवृद्धि गर्ने, नयाँ बीमा योजना लागू गर्नेजस्ता विषयमा पनि उक्त कार्यक्रममा छलफल भएको थियो।

छलफलमा सहभागी सरोकारवालाहरूले बीमा क्षेत्रलाई सरल, सुलभ र विश्वासिलो बनाउनका लागि गरिनुपर्ने सुधारमाथि आफ्ना सुझाव राखेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*