ट्रेड टावरको आईपीओ डिम्याट खातामा जम्मा, कहिले हुन्छ सूचीकृत ?
२३ असार २०८२, सोमबार ११:४५

काठमाडौँ । ट्रेड टावर लिमिटेडको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । सीडीएससीले असार २२ गते आइतबार साँझ शेयर परेकाहरूको डिम्याट खातामा शेयर पठाइसकेको हो ।
उक्त आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ । नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि नै सिम्बोलबाट शेयर कारोबार गर्न सकिनेछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले गत असार १ गते कम्पनीको आईपीओ बाँडफाँट गरेको थियो ।
ट्रेड टावरको आईपीओ कुल आवेदकमध्ये गोलाप्रथाबाट ३ लाख २९ हजार ६ सय ५० जनाले सेयर पाएका थिए।












