डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
२३ असार २०८२, सोमबार १२:३६

काठमाडौं । डिशहोमले इन्टरनेट र टिभी क्षेत्रमा सेवा उपभोक्ताहरूको अनुभव अझ आकर्षक बनाउन नेपालकै पहिलो भर्चुअल प्रिभिलेज कार्ड ल्याउने घोषणा गरेको छ।
डिशहोमका अनुसार यो सुविधा ‘माइ डिशहोम एप’ मार्फत उपलब्ध हुनेछ र एक्टिभ सदस्यता भएका ग्राहकहरूलाई कार्ड एपमै स्वचालित रूपमा देखिनेछ। कार्ड प्रयोग गरी होटल, क्याफे, अस्पताल, रेस्टुरेन्ट, शैक्षिक संस्था, फिटनेस सेन्टर लगायतका स्थानहरूमा २५ प्रतिशतसम्म छुट पाइनेछ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यस कार्डले ग्राहकको दैनिक जीवनशैलीमा पनि डिजिटल लाभ र्पुयाउने बताए।
यो कार्ड ग्राहकको सदस्यता सक्रिय हुँदा मात्र काम गर्ने र यसले कार्डलाई सुरक्षित र व्यक्तिगत बनाउने डिशहोमले जनाएको छ।











