पूर्वराजा ज्ञानेन्द्र शाहले मनाए ७९औं जन्मदिन, निर्मल निवासमा शुभकामना दिनेको भीड

२३ असार २०८२, सोमबार १४:०१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ७९औं वर्षमा प्रवेश गरेका छन्। उनको जन्मदिनको अवसरमा आज निर्मल निवास सर्वसाधारणका लागि समेत खुला गरिएसँगै शुभकानमा दिनेको भीड लागेको छ।

शाहको जन्म २००४ साल आजकै दिन नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नका दोस्रो सन्तानको रूपमा भएको थियो। उनी आफ्नो जीवनकालमा दुई पटक राजा भइसकेका छन्।

शाहको जन्मदिनको अवसरमा आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ। बिहानैदेखि निर्मल निवास बाहिर पूर्वराजाका शुभेच्छुकहरू जम्मा भएर शुभकामना दिइरहेका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले पनि निर्मल निवासमा पुगेर शाहलाई जन्मदिनको शुभकामना दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*