हाइड्रोपावरको शेयरमूल्यमा हरियाली, यी कम्पनीका लगानीकर्ता भए मालामाल
२३ असार २०८२, सोमबार १५:१६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ ।
आज हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल बनेका छन् । यस इन्डेक्समा कारोबार भएका अधिकांश कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।
यसदिन माथिल्लो मैलुङ्ग खोलाको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । कम्पनीको शेयर मूल्य आज ६.५६ प्रतिशतले बृद्धि भएको छ । यता, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२८ प्रतिशत, भगवती हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।













