बागमती गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सम्पन्न
२३ असार २०८२, सोमबार १८:१५

काठमाडौं । बागमती गाउँपालिकामा बृहत बृक्षारोपणको कार्यक्रम सम्पन्न भएको छ । जिल्ला डिभिजन बन कार्यालय मकवानपुर र बागमती गाउँपालिकाको समन्वयमा गाउँपालिकामा बृहत बृक्षारोपण गरीएको हो ।
गाउँपालिकामा चालु आर्थिक वर्षमा हजारौं बोट विरुवा बृक्षारोपण गरिसकेको छ । चालु आवको असारसम्म २५०० बिरुवा रोपिसकेको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले मदन भण्डारी सडकको दुबै पटी बोट विरुवा रोप्ने कार्यलाई तीब्रता दिदै आएको छ । बृक्षारोपक्ष गरी पर्यावरणलाई हरियाली बनाएर प्राकृतिक रुपले सम्पन्न बनाउने गाउँपालिकाको उद्देश्य रहेको छ ।
बागमती गाउँपालिकाले प्रत्यक वर्ष ठूलो मात्रामा बोट विरुवा रोप्दै आएको छ । हाल गाउँपालिकाको अध्यक्षमा सर्केश घलान र उपाध्यक्षमा फनिन्द्र कुमार तिमल्सिना रहेका छन् ।














