सेबोनमा नव नियुक्त कर्मचारीका लागि अभिमुखीकरण तालिम सम्पन्न

२३ असार २०८२, सोमबार १८:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नव नियुक्त कर्मचारीहरूका लागि सञ्चालन गरेको अभिमुखीकरण (इन्डक्सन) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। असार २२ गतेदेखि २३ गतेसम्म आयोजित उक्त तालिम कार्यक्रम सेबोनको मानव संसाधन शाखाको संयोजनमा सम्पन्न भएको हो।

दुई दिनसम्म सञ्चालन भएको तालिममा पूँजी बजार तथा वस्तु बजारसम्बन्धी विभिन्न विषयवस्तु समेटिएका थिए। तालिममा नेपाली पूँजी बजार र वस्तु बजारको समग्र अवलोकन, मानव संसाधन व्यवस्थापनका पक्षहरू, कानुनी प्रावधानहरू, नियामक तथा सुपरिवेक्षण पक्षहरूका साथै सूचना प्रविधिसम्बन्धी विषयहरू समावेश गरिएको थियो।

सेबोनले नयाँ कर्मचारीलाई संस्थाको कार्यदिशा, जिम्मेवारी, संरचना र नियामक भूमिकाबारे स्पष्ट जानकारी दिन तालिम आयोजना गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*