रसुवागढी नाकामा दर्जनौं गाडी बगायो, करोडौंको बीमा दावी पर्ने

काठमाडौं । आज विहानै आएको भिषण पहिरोको कारण रसुवागढी नाकाबाट दर्जनौंको संख्यामा नयाँ तथा पुराना गाडीहरु बगाएका छन् । जसबाट नेपालका बीमा कम्पनीहरुमा करोडौं रुपैयाँ बीमा दावी पर्ने भएको छ ।
रसुवागढी नाकाबाट नेपाल भित्राउने क्रममा रहेका थुप्रै इभी गाडीहरु बगाएको तथा डुबानमा परेर क्षति पुगेको छ । जसबाट बीमा कम्पनीहरुमा ठूलो मात्रामा दावी पर्ने देखिएको छ ।
त्यस्तै, केरुङमा लोड गर्न जान लागेको थुप्रै गाडीहरु लाइनमा राखिएकै अवस्थामा बगाएकोले यसबाट समेत बीमा कम्पनीहरुमा करोडौं रुपैयाँको बीमा दावी पर्ने देखिएको छ । साथै चीनतर्फ पार्किङ गरेर राखिएका गाडीहरु समेत बगाएको छ ।
बीमा कम्पनीहरुमा नयाँ तथा पुरानो सवारी, भवन, निर्माणाधिन भन्सार तथा अध्यागमन कार्यालयमा पुगेको क्षति (यदि बीमा गरिएको भएमा मात्र) मा पुगेको क्षतिको दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।













