प्रतिकित्ता ४३५ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

२४ असार २०८२, मंगलवार ०८:१८

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण समेत सबैले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। यद्यपि संस्थापक शेयरधनीलाई प्राथमिकता दिइने बताएको छ।

कम्पनीले शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ४३५ रुपैयाँ निर्धारण गरेको छ। यसमा आवेदन दिंदा कम्तीमा १ हजार कित्ताका लागि र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरीद गर्न सकिने व्यवस्था गरिएको छ।

यसमा शिलबन्दी बोलपत्र आज असार २४ गतेदेखि असार ३० गतेसम्म पेश गर्न सकिनेछ। यस्तो बोलपत्र काठमाडौंको लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*