शुभम पावरको नयाँ सञ्चालक समिति गठन, श्रीजेस गुरागाई बने अध्यक्ष

२४ असार २०८२, मंगलवार १०:४६

काठमाडौं । शुभम पावर लिमिटेडले कम्पनीको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न गर्दै नयाँ सञ्चालक समिति चयन गरेको छ। असार २० गते सम्पन्न साधारण सभाबाट पाँच जना सञ्चालकहरूको चयन गरिएको हो।

नव-निर्वाचित सञ्चालकहरूको सहभागितामाअसार २३ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले  श्रीजेस गुरागाईलाई समिति अध्यक्षमा चयन गरेको छc

सञ्चालक समितिमा चयन भएका अन्य सदस्यहरूमा जमुना पौड्याल, विशाल सुवेदी, सौरभ गुरागाई र स्वतन्त्र सञ्चालकको रूपमा पुनम कार्की छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*