प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
२४ असार २०८२, मंगलवार ११:४४

काठमाडौं । सिटिजन्स बैंक इन्टनरनेसनल लिमिटेडले १ हजार ११० कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो।
यसअघि राष्ट्र बैंकको निर्देशनअनुसार सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीबाट खरीदका लागि आह्वान गरिएकोमा तोकिएको म्यादसम्म सो शेयर बिक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले अबको ३५ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।













