राष्ट्र बैंकको तथ्याङ्क ‘पेट्रोल सस्तो, सुनको भाउ आकाशिँदै’
२४ असार २०८२, मंगलवार १२:४८

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य घट्दा सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२ जेठ मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रति ब्यारेल अमेरिकी डलर ७१.२९ कायम भएको छ। अघिल्लो वर्ष २०८१ जेठ मसान्तमा यो मूल्य डलर ८१.४९ रहेको थियो। सो अवधिमा मूल्य १२.५२ प्रतिशतले घटेको हो।
यसको विपरीत, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र वृद्धि देखिएको छ। २०८१ जेठ मसान्तमा प्रति आउन्स डलर २३३०.४५ रहेको सुनको मूल्य २०८२ जेठ मसान्तमा ४७.४१ प्रतिशतले बढेर डलर ३४३५.३५ पुगेको छ।













