बाढीका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

२४ असार २०८२, मंगलवार १४:५१

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बाढीका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह गरेको छ ।

मंगलबार रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर नाडाले जनाएको छ ।

भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएको कारण उद्यमीहरुलाई संयमित रहन आग्रह गरेको छ । नाडा हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*