वार्षिक नीति तथा कार्यक्रम पूर्ण रुपमा लागू गर्ने अध्यक्ष ओझाको प्रतिवद्धता

२४ असार २०८२, मंगलवार १५:५३

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षको नीति तथा वार्षिक कार्यक्रम पूर्ण रुपमा कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार बीमा प्राधिकरणको आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।

अध्यक्ष ओझाले बीमा जनचेतनाका लागी विद्यालयको पाठ्यक्रममा बीमा सम्बन्धि बिद्यार्थीलाई अध्यापन गराइने बताएका छन्  । अध्यक्ष ओझाले बीमाको दायरा बढाउन देशका दुर दराजमा रहेका सबै स्थानमा पुगेर बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने बताएका छन्  ।

अध्यक्ष ओझाले बीमकले बीमितलाई दिने दावी प्रक्रियालाई थप सहज बनाउने गरी वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । बीमकको सुपरीवेक्षण तथा निरीक्षणलाई तीब्रता दिने समेत उनले बताएका छन् ।

बीमा प्राधिकरणका कर्मचारीको क्षमता अभिबृद्धि गर्ने, एनएफआरएस प्रणाली लागु गर्ने, बीमाको दायरा बृद्धि गर्ने लगायतका महत्वपूर्ण विषयहरु आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश गरीएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*