बीमा प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रममा परेका यी हुन् प्राथमिकताका क्षेत्र

२४ असार २०८२, मंगलवार १६:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्राधिकरणले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार आगामी आवको बजेटमा बीमित हित संरक्षण, वित्तीय साक्षरता तथा बीमा प्रवद्र्धनको माध्यमबाट बीमाको पहुँचमा बृद्धि गर्ने प्राथमिकता रहेका छन् ।

त्यस्तै, बीमाको माध्यमबाट जोखिमको रक्षावरण गरी वित्तीय स्थायीत्व कायम गर्ने, जलबायु परिवर्तन तथा विपदबाट सिर्जना हुने जोखिमको रक्षावरण गर्न र अन्तराष्ट्रिय असल अभ्यास तथा अनुसन्धानमा आधारित नीति निर्माण तथा सञ्चालन गर्ने लगायतका प्राथमिकता रहेका छन् ।

बीमा प्राधिकरणको आगामी वार्षिक कार्यक्रममा प्राधिकरणको आन्तरिक संरचना र नियामकीय क्षमता सुदृढीकरण र सूचना प्रविधिको अधिकतम प्रयोग लगायतका विषय समावेश गरीएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*