कालुङ्खोला लघु जलविद्युत्को पावर हाउस बगाएपछि १३० परिवारको विद्युत बन्द

२५ असार २०८२, बुधबार ११:२२

काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोलाले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । १३० घरमा बिजुली आपूर्ति गरीरहेको उक्त आयोजनाको पावर हाउस नै बाढीले बगाएपछि विद्युत उत्पादन बन्द भएको हो ।

बाढीले खरेयाबोटका दुई परिवार विस्थापित भएका छन् भने सात परिवार बाढीपहिरोको जोखिममा छन्। बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । पैयुथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् ।

खोला किनारमा लगाइएको धानबालीमा पनि बाढीबाट क्षति भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*