त्रिविको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त

२५ असार २०८२, बुधबार १३:४२

काठमाडैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन्। कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उपकुलपति नियुक्त गरेका हुन्।

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले उपकुलपतिका लागि दिपक अर्याल सहित खड्ग केसी र प्रा.डा विनिल अर्यालको नाम सिफारिस गरेको थियो।

यी तीनजनामध्येबाट कुलपति एवं प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्व प्रमुख समेत रहेका दिपक अर्याललाई उपकुलपतिको पदमा नियुक्त गरेका हुन्।

गत चैत १५ गते प्रा.डा केसरजंग बरालले उपकुलपति पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*