भारतको गुजरातमा जीर्ण पुल भासिँदा नदीमा खसे सवारी, ९ जनाको मृत्यु

२५ असार २०८२, बुधबार १६:२६

काठमाडौँ ।  भारतको पश्चिमी राज्य गुजरातमा सोमबार बिहान एक पुरानो पुल भासिँदा भएको दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ। नदीमाथि बनेको करिब ४३ वर्ष पुरानो सो पुल एक्कासि भत्किँदा त्यसमा यात्रा गरिरहेका धेरै सवारीसाधन नदीमा खस्न पुगेका थिए।

प्राप्त जानकारी अनुसार पुल भासिँदा केही यात्रुहरू तुरुन्तै पानीमा बगेर बेपत्ता भएका छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ। स्थानीय प्रहरी र प्रशासनका अनुसार घटनास्थलमा व्यापक उद्धार प्रयास जारी छ। उद्धारमा प्रहरी, दमकल, स्थानीय स्वयंसेवक, र एम्बुलेन्स सेवा परिचालन गरिएको छ।

पुलको अवस्था विगत केही वर्षदेखि जीर्ण अवस्थामा रहेको र मर्मतसम्भार आवश्यक रहेको विषयमा स्थानीय निकायहरूलाई पटक–पटक चेतावनी दिइएको बताइएको छ। तर समयमै मर्मत नगरिएकोले यस प्रकारको दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई छिटोभन्दा छिटो अस्पताल पु-याएर उपचार थालिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*