हाइड्रोपावर कम्पनीको क्षतीको विवरण आउन समय लाग्ने, बीमकलाई सर्भेयर खटाउन समस्या

काठमाडौं । भारी बर्षाको कारण ल्हेन्दे खोला सहितको बाढी आउँदा रसुवास्थित रसुवागढी हाइड्रोपावरमा ठूलो मात्रामा क्षती पुगेको छ ।
बाढीले कति क्षती पुगेको छ भन्ने बिषयमा एकिन हुन अझै केही दिन लाग्ने रसुवागढी जलविद्युत कम्पनीका सूचना अधिकारी नरनाथ न्यौपानेले बीमापोष्टलाई जानकारी दिएका छन् । बाढीको कारण सम्पूर्ण सेवा सुविधामार्फत पर रहेको हुँदा क्षतीको एकिन विवरण आउन समय लाग्ने उनले जानकारी दिएका छन् ।
बाटो बन्द, बिजुली बत्ती र टेलिफोन सेवामा आएको अवरोध नखुलेसम्म क्षतीको आँकलन गर्न नसकिने उनले जानकारी दिएका छन् । सो कारण कम्पनीहरुलाई पनि सर्भेयर खटाउन समस्या आईरहेको छ । प्राधिकरणले भने कम्पनीहरुलाई बीमा दाबीको प्रकृयामा सहज भूमिका निर्वाह गरिदिन समेत आग्रह गरेको छ।
मंगलबारदेखि वुधवार बिहानसम्म परेको पानीको असरले ल्हेन्दे नदीमा आएको बाढीले नेपाल(चीन मितेरी पुल बगाएको छ भने सुक्खा बन्दरगाहसहित सहित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युतमा क्षति भएको छ।
बीमा कम्पनीहरुसँग रसुवामा बाढीले गरेको क्षतिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ भने कम्पनीहरुलाई छिटो दाबी भुक्तानीको प्रकृया पनि अघि बढाउन निर्देशन दिएको छ।
बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् कम्पनीको बीमा हिमालयन एभरेष्टमा गरिएको पाइएको छ ।
लेदोसहित आएको बाढीले आयोजनाको हेडवर्कसको गेट बगाएको थियो उक्त योजनाको बीमा हिमालयन एभरेष्ट कम्पनीमा रहेको छ ।
हालसम्म रसुवा हाइड्रोपावरले बीमा कम्पनीसँग के–कति क्षति भयो भन्ने जानकारी गराउन सकेको छैन । बीमा कम्पनीले बिहान क्षति पुगेको जानकारी पाउनसाथ आयोजनासँग विवरण सोधपुछ गरेको थियो ।













