नेप्सेमा निफ्राको हरित उर्जा ऋणपत्र सूचीकृत, भोलिदेखि कारोबारमा आउने
२५ असार २०८२, बुधबार १७:४१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको हरित उर्जा ऋणपत्र सूचीकृत भएको छ। आज बुधबार बैंकको प्रति कित्ता १ हजार रुपैयाँ अंकित ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
ऋणपत्र सूचीकृत भएसंगै बिहीबारबाट नेप्सेमा बैंकको ऋणपत्रको कारोबार सुरु हुने छ। बैंकको ऋणपत्र NIFRAGED सिम्बलबाट कारोबार हुने छ।
७ वर्षको अवधि रहेको यस ऋणपत्रले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने छ । निफ्राले नेपालमै पहिलो पटक सार्वजनिक रुपमा हरित उर्जा ऋणपत्र जारी गरेको हो।













