हिम स्टार ऊर्जाको आइपीओ मागभन्दा १७.३१ गुणा बढी आवेदन

२५ असार २०८२, बुधबार १८:२२

काठमाडौँ । हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा २ दिनमै १७.३१ गुणा बढी आवेदन परेको छ । बुधबार साँझ ५ः०६ बजेसम्ममा ११ लाख २९ हजार ७५६ जना सर्वसाधारण आवेदकले १ करोड ३४ लाख ३९० कित्ता शेयरका लागि आवेदन दिएका हुन् ।

कम्पनीले सर्वसाधारणमा शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

जसमध्ये प्रथम चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता शेयर शेयर निष्कासन गरिसकेको छ।

अब कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता शेयर र सामुहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको हो।

यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा असार २७ गते हुनेछ तर उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन ६ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*