विकास हाइड्रोपावरको आइपीओ १८ लाखको हात रित्तो हुने, कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनीको आइपीओ अर्का साता मात्रै बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइपीओ अर्का साता मात्रै बाँडफाँटको तयारी गरि रहेको हो ।
कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता शेयर निष्कासन गरेको थियो । आइपीओमा अन्तिम समयसम्म २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २१ लाख २० हजार ८५७ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ताका लागि आवेदन दिएका थिए ।
मागभन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा २ लाख ९४ हजार २७६ ले १०।१० कित्ताका दरले शेयर हात पार्ने छन् । बाँकी १८ लाख २६ हजार आवेदनको हात रित्तो हुने भएको छ ।
कम्पनीको आइपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ ।












