कोरोना बीमाको दाबी भुक्तानी सरकारको दायित्वमा रहेको भन्दै पन्छिए प्राधिकरणका अध्यक्ष ओझा

काठमाडौं । कोरोना बीमाको दाबी रकम सरकारको दायित्वमा रहेको भन्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा दाबी भुक्तानीमा नियामकका निर्णयले नहुने बताएका छन् ।
बीमा प्राधिकरणले बीमा कम्पनीहरुले आफनो दायित्व निर्वाह गरिसकेको र हाल कोरोना बीमा दाबी भुक्तानी सरकारको दायित्वमा रहेको भन्दै पन्छिएका छन् ।
कोरोना बीमामा न त सरकारले कुनै पहल गरेको छ भने न त बीमा प्राधिकरण नै यस सन्दर्भमा लागेको छ ।
कार्यक्रममा अध्यक्ष ओझाले कोरोना बीमाको भुक्तानीको सम्बन्धमा प्राधिकरणले केही गर्न नसक्ने बताए अध्यक्ष ओझाले कोरोना बीमाको भुक्तानी सरकारको निर्णयअनुसार हुने भन्दै यसबारे पन्छिने प्रयास गरे ।
‘कोरोना बीमा कुन सन्दर्भमा, कसरी, के भएको थियो, तपाईंहरू आफै पनि जानकार हुनुहुन्छ,’ उनले भने, ‘यस सम्बन्धमा नेपाल सरकारले गर्ने निर्णयअनुसार नै आवश्यक व्यवस्था हुन्छ ।’
उनले यो वर्षको नीति तथा कार्यक्रम पहिलो भएकोले अघिल्लो वर्षको नीतिको कार्यान्वयन अवस्थाको समीक्षा प्रस्तुत गर्न नसकिएको भन्दै आगामी वर्षमा समीक्षात्मक रूपमा नीति सार्वजनिक हुने प्रतिबद्धतासमेत व्यक्त गरे ।
बीमा कम्पनीहरूको जोखिमबारे विश्लेषण गर्ने विज्ञहरूले यस्ता घटनाहरूले समग्र बीमा क्षेत्रको विश्वसनीयतामा ह्रास आउने बताँउछन् ।














पन्छिन काहा पाइन्छ त्यसै कालो मोसो र जुत्ताको माला भेटौला अनि थाहा होला। पार्टी को झोला बोक्ने ले कोरोना नहुँदा नि पैसा पाउने कोरोना ले थलिएर मरेर बाच्ने ले नपाउने।यहि पाराले बिमा कम्पनी को कस्ले विस्वास गर्ने