बैकिङ्ग र माइक्रोफाइनान्स कम्पनीको उच्च कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२६ असार २०८२, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक २७ अंकले बढेसँगै आज साढे नौ अर्ब रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कम्पनीको ५७ करोड पाँच लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, बुटवल पावरको ३२ करोड ७३ लाख रुपैयाँ, सानिमा बैंकको २६ करोड ३४ लाख रुपैयाँ, सप्तकोशी विकास बैंकको १९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













