स्वास्थ्य बीमा सेवा दिने ३८४ स्वास्थ्य संस्थाको नाम सार्वजनिक, कहाँ कति ? (सूचीसहित)

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा सेवालाई थप सहज बनाउने निर्णय कार्यन्वयनलाई तीब्रता दिएको छ । बोर्डले देशभरी सञ्चालित सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रसहित कुल ३८४ संस्थालाई स्वास्थ्य बीमा बोर्डमा प्रथम सेवा बिन्दुको रुपमा सूचीकृत गरेको हो ।
आम बीमितहरुबाट आएका गुनासोहरुलाई मध्य नजर गर्दै स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ मा भएको व्यवस्था संशोधन गरी नयाँ व्यवस्था लागु गरेको छ ।
विगतमा बीमितहरुले तोकिएको एक मात्र प्रथम सेवा बिन्दुबाट सेवा लिनुपर्ने बाध्यकारी अवस्था थियो । सोही प्रावधानलाई स्वास्थ्य बीमा बोर्डले नियमावली संशोधन गरेर देशभरीका अनुमति प्राप्त प्रथम सेवा बिन्दुबाट सेवा लिन सकिने व्यवस्था कायम गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले आगामी आर्थिक वर्षको साउन १ गतेदेखि परिमार्जित व्यवस्था लागु हुने भएको छ । बीमितले बीमा गर्दाको समयमा नै छनौट गर्नुपर्ने प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने व्यवस्थाले बीमितलाई नेपाल भित्र कुनै पनि स्थानमा रहदा–बस्दा प्रथम सेवा बिन्दुमा पुगी सेवा लिुपर्ने प्रावधानबाट सेवा प्राप्त गर्न समस्या भएकाले सहज र सरल रुपमा बीमा सुविधा बीमितलाई पुर्याउनको लागि अनुमति प्राप्त देशभरीका प्रथम स्वास्थ्य सेवा बिन्दुको रुपमा काम गरीरहेका सरकारी अस्पतालबाट बीमा सेवा उपलब्ध गराइने भएको छ ।
बीमा बोर्डले देशभरी रहेका विभिन्न जिल्लाका सरकारी अस्पताल, स्वास्थ्य केन्द्र लगायतका संस्थालाई बीमाको अनुमति दिएर सूचीकृत गरेको छ ।
नामावलीः













