काठमाडौं उपत्यका खानेपानीमा ५४ जना कर्मचारी माग (सूचना सहित)

२७ असार २०८२, शुक्रबार ०७:३२

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कर्मचारी माग गरेको छ। लिमिटेडले विभिन्न पदमा गरी कुल ५४ जनाबाट दरखास्त आह्वान गरेको छ।

तीमध्ये लिमिटेडले ४ जना आन्तरिकबाट र बाँकी ५० जना खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको छ। लिमिटेडले उपप्रबन्धकदेखि हेडि इक्यूपमेण्ट ड्राईभरसम्मको विभिन्न १४ वटा पदमा कर्मचारी माग गरेको हो।

तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित अबको २१ दिनभित्र आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*