गुठी संस्थानले खुलायो ठूलो संख्यामा आवेदन (सूचना सहित)

२७ असार २०८२, शुक्रबार ०७:५३

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको श्री गुठी संस्थानले ठूलो संख्यामा आवेदन खुलाएको छ। संस्थानले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी ८२ जनाको लागि आवेदन खुलाएको हो।

संस्थानले उप प्रशासक (प्र.) प्रमुख प्रशासन अधिकृतदेखि आमिन (प्रा.) तथा कार्यालय सहायकसम्मका विभिन्न १८ वटा पदका लागि प्रशासन, लेखा, कानून, इन्जिनियरिङ आदि समूहमा कर्मचारी माग गरेको हो।

तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित अबको २१ दिनभित्र आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*