शिखर इन्स्योरेन्सका सञ्चालक दिनेश बज्राचार्यको राजिनामा स्वीकृत
२७ असार २०८२, शुक्रबार १०:३४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समिति सदस्य दिनेश बज्राचार्यले दिएको राजिनामा स्वीकृत भएको छ ।
कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले बज्राचार्यको राजिनामा स्वीकृत भएको हो ।














