नेको इन्स्योरेन्सको ११ लाख कित्ता शेयर बिक्रीमा

२७ असार २०८२, शुक्रबार ११:११

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ११ लाख ९ हजार ७६९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर संस्थापक भएकाले ३५ दिनसम्म संस्थापक शेयरधनीहरुको लागी खुल्ला गरिने भएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिद नभएको अवस्थामा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*